आज एकैदिन सुन तोलामा २ हजार चार सय रुपैयाँले घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौ – सुनको भाउ आज (बिहिबार) एकैदिन तोलामा २ हजार चार सय रुपैयाँले घटेको छ । आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले घटेर तोलाको एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले घटेर दुई हजार तीन सय ३५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय ५० रुपैयाँ कायम भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्