आज सुनको भाउ तोलामा १ हजार आठ सय रुपैयाँले बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ६ साउन । आज (मंगलबार) सुनको भाउ तोलामा एक हजार आठ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा एक हजार आठ सय रुपैयाँले बढेर एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ३५ रुपैयाँले बढेर दुई हजार तीन सय २० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार दुई सय ८५ रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्