इङ्ल्यान्ड महिला युरोको सेमिफाइनलमा प्रवेश

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ साउन । पेनाल्टी सुट आउटमार्फत इङ्ल्यान्ड महिला युरोको सेमिफाइनलमा प्रवेश गरेको छ । 

बिहीबार राति भएको खेलमा क्वार्टरफाइनलमा इङ्ल्यान्डले पेनाल्टी सुटआउटमा स्विडेनलाई ३–२ ले हराउन सफल भएको हो ।

स्विजरल्यान्डमा भएको सो खेलमा इङ्ल्यान्ड खेलमा २–० ले पछि पर्दा पनि कमब्याक गर्न सफल भएको हो । खेलको अतिरिक्त समयमा कुनै गोल नभएपछि नतिजा पेनाल्टी सुटआउटमा भएको हो । 

पेनाल्टी सुटआउट पनि २–२ को बराबरी भएपनि खेलको नतिजा सडनडेथमा आएको हो ।

अब, इङ्ल्यान्डले सेमिफाइनलमा इटालीसँग २२ जुलाईमा खेल्नेछ । आजै हुने क्वार्टरफाइनलमा अर्काे खेलमा स्पेन र स्विजरल्यान्ड प्रतिस्पर्धा गर्दैछन् । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्