आज सुनको भाउ १ हजार तीन सय रुपैयाँले घट्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाण्डौं, ३२ असार । आज सुनको भाउ एक हजार तीन सय रुपैयाँले घटेको छ । सुन तोलाको एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो भने सुन तोलाको एक लाख ९३ हजार तीन सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको दुई हजार दुई सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । चाँदीको भाउ हिजो तोलाको दुई हजार दुई सय ७५ रुपैयाँ थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्