चीनद्धारा राष्ट्रिय खेलकुद परिषद्लाई ८५ लाख बराबरको सामग्री सहयोग

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ३२ असार । राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई चीनको युनान प्रादेशिक खेलकुद ब्यूरोले खेल सामग्री र स्वास्थ्य परिक्षण उपकरण सहयोग गरेको छ ।

नेपाल स्थित चिनियाँ दूतावासका डेपुटी चिफ दि मिसन वाङ झिनले राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङलाई सामग्री हस्तान्तरण गरेको राखेपले जनाएको छ । चीनले झन्डै ८५ लाख रुपैयाँ बराबरका विभिन्न ३४ प्रकारका सामग्री हस्तान्तरण गरिएको हो ।

डेपुटी चिफ दी मिसन वाङका अनुसार यो सहयोगले नेपाली खेलकुदको विकासमा थोरै भए पनि टेवा पुग्ने छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्