सेयर बजारमा हरियाली

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, असार ३१ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हरियाली छाएको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेसँगै बढेको सेयर बजारमा दोस्रो कारोबार दिन भारी गिरावट आएको थियो। तेस्रो कारोबार दिन नेप्सेमा ३४ अंकले वृद्धि हुँदै २७६० विन्दुमा पुगेको हो।

आइतबार २९ अंकले बढेको सेयर बजार सोमबार ३५ अंकले गिरावट आएको थियो। तेस्रो कारोबारको दिनसम्म आइपुग्दा बजार सकारात्मक दिशामा अगाडि बढेको हो। आज सेयर बजारमा २०९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ। यसको विपरीत ३९ वटा कम्पनीको सेयर मूल्य गिरावट आएको हो।

आज सबैभन्दा बढी सुप्पर म्यादी हाइड्रो पावर लिमिटेडको सेयर मूल्य बढेको छ। यो कम्पनीको सेयर मूल्य ८ प्रतिशतले वृद्धि भएको हो। 

सेयर बजार बढेसँगै मंगलबार कारोबार रकम जम्मा ९ अर्ब ४१ करोडमाथि पुगेको छ। आइतबार ११ अर्ब ४१ करोडभन्दा बढीको सेयर कारोबार भएको थियो। सोमबार ८ अर्ब बराबरको मात्रै सेयर कारोबार भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्