आज सुनको मूल्य स्थिर, चाँदी ४० रुपैयाँले घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३१ असार। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारकै मूल्यमा छापावाल सुन बजारमा कारोबार भइरहेको हो ।


जसअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको मूल्य भने घटेको छ । सोमबार तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा २ हजार २७५ रुपैयाँमा कारेबार भएरहेको महासंघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्