काठमाडौं, असार २९ । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ। उपप्रमुख सुनिता डंगोलले आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा सो बजेट सार्वजनिक गरेकी हुन्।
२५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी सो रकमको अनुमानित बजेट सार्वजनिक गरिएको हो।
बजेट ल्याउनुअघि मेयर बालेन्द्र शाह (बालेन) ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।











