राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति घोषणा गर्छाैं -खेलकुदमन्त्री चौधरी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असार २८ । खेलकुदमन्त्री तेजुलाल चौधरीले छिटै राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति घोषणा गरिने बताउनुभएको छ ।

शनिवार विराटनगरमा आयोजना गरिएको राष्ट्रपति रनिङ शिल्ड, अन्तरप्रदेश तथा राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र खेल क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरुको सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यसै बर्ष नै राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नेगरि छिटै मिति तोकिने जानकारी दिनुभयो । मन्त्री चौधरीले एनपिएल संचालनका लागि खेलकुद परिषदलाई निर्देशन दिई सकिएको बताउदै सार्वनिक खरिद ऐन तथा विधि, र प्रक्रिया मानेर अघि बढ्न क्यानलाई आग्रह गरिएको स्पष्ट पार्नुभयो । उहाले ऐन कानुन, विधि र प्रणालीलाई सबै खेल संघहरुले पालना गर्नुपर्ने बताउदै ओलम्पिक कमिटीमा देखिएको समस्या चाडै नै समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री चौधरीले पछिल्लो समय कोशी प्रदेशको खेलकुद क्षेत्रको स्तर घटेकाले खेलाडीहरुमा लगानी गर्न प्रदेश सरकार र खेलकुद विकास बोर्डलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा कोशी प्रदेशबाट राष्ट्रपति रनिङ शिल्ड तथा अन्तरप्रदेश तथा राष्ट्रिय प्रतियोगितामा रजत र कास्य पदक विजेता खेलाडीहरुलाई ५ हजार देखि ९ हजार रुपैया सहित सम्मान गरिएको थियो ।

यसैगरी खेल क्षेत्रमा योगदान पुर्‍याउने उद्योगपति, पूर्व खेलाडी र पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्