बेतन् कर्णाली हाईड्रो पावरलाई विद्युत उत्पादन अनुमति

खबर बुक
  • ख-
  • ख+

अछाम। कर्णाली प्रदेशको ऊर्जा क्षेत्रमा महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको बेतन् कर्णाली हाईड्रो पावर परियोजनाले विद्युत उत्पादनका लागि आवश्यक अनुमति (लाइसेन्स) प्राप्त गरेको छ। यो उपलब्धिले अछाम जिल्लालाई ऊर्जा विकासको नयाँ अध्यायमा प्रवेश गराएको छ।

परियोजना कार्यान्वयनको दिशामा लामो समयदेखि प्रयासरत अछाम क्षेत्र नं. २ का माननीय सांसद तथा नेपाली कांग्रेस अछामका सभापति पुष्प बहादुर शाहको नेतृत्व, प्रतिबद्धता र निरन्तर पहललाई यसको सफलता मुख्य श्रेय दिइएको छ। शाहले निर्वाचनको घोषणा पत्रमै यस आयोजनालाई प्राथमिकतामा राखेका थिए । त्यसलाई व्यवहारमा उतार्न निरन्तर लागिरहेका थिए।

परियोजनाबाट सुर्खेतको चौकुने गाउँपालिका–६, पञ्चपुरी नगरपालिका–७ र अछामको ढकारी गाउँपालिका–६, तुर्माखाँद गाउँपालिका–३, ४ र ५ नम्बर वडाका बासिन्दा प्रत्यक्ष रूपमा प्रभावित हुनेछन्। स्थानीय तहमा रोजगारी सिर्जना, सडक तथा पूर्वाधार विकास र आर्थिक गतिविधिको सृजनाबाट आयोजनाले दीर्घकालीन आर्थिक समृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्