९ दिन लगाएर आइपुग्यो त्रिवि क्रिकेट मैदानको फ्लडलाइट टावर

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असार २५ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान स्तरोन्नतिको काम धमाधम भइरहेको छ। यसै क्रममा फ्लडलाइटको टावर काठमाडौं आइपुगेका छन्। अहिले ती पोलहरू रंगशाला बाहिर नै राखिएको छ। रात्रिकालीन खेलका लागि आवश्यक पर्ने फ्लडलाइटका पोल भारतबाट ल्याइएको हो। 

यी टावर बुधबार बिहान काठमाडौं आइपुगेका हुन्। भारतको उत्तर प्रदेशबाट ९ दिन लगाएर उक्त फ्लडलाइट टावर काठमाडौं ल्याइएको हो।अब धमाधम जडानको काम हुनेछ। ४३ करोड ७७ लाख ३० हजार एक सय १३ रुपैयाँको लगानीमा बिकेओआई-केसीडिसी-बीजी जेभीले मैदानको प्यारापिट र फ्लडलाइट जडान गर्न लागेको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्