आजको विदेशी मुद्राको विनिमयदर कति छ ?

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २३ असार । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ। आइतबार पनि सोही बिक्रीदर कायम गरिएको थियो।

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ १५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९७ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७१ रुपैयाँ ७० पैसा र बिक्रीदर १७२ रुपैयाँ ४६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७४ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २२ पैसा र बिक्रीदर १०० रुपैयाँ ६७ पैसा, सिंगापुर डलर एकको खरिददर १०६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४५ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७ रुपैयाँ ४७ पैसा कायम भएको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्