
प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने चुवाखोला बेलिब्रिजको आज उद्घाटन गर्दै छन्।
यो उद्घाटनसँगै सडक सञ्जालमा जोडिन बाँकी रहेको देशको एकमात्र जिल्ला हुम्ला सदरमुकाम औपचारिक रूपमा राष्ट्रिय राजमार्गसँग जोडिने भएको छ ।
यस ऐतिहासिक अवसरका लागि प्रधानमन्त्री ओली आज हुम्ला पुगेका हुन्। प्रधानमन्त्रीले बिहान ११ बजे पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद पाण्डेयले बताए ।