युवाहरुलाई साथमा लिएर अघि बढ्छौ- प्रचण्ड

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असार २१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरुलाई साथमा लिएर अघि बढ्ने बताउनुभएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले माओवादीले क्रान्तिको झण्डा उठाउदा युवाहरु र संगीतले महत्वपूर्ण भूमिका खेलेको भन्दै अव पनि युवाहरुलाई साथमा लिएर अघि बढ्ने बताउनुभएको हो ।

भूमिगत रुपमा क्रान्तिको तयारी गर्दा भाषण, दर्शन र सिद्धान्तले भन्दा गीत र संगीतबाट जनतालाई उत्साहित गर्न सफल भएको उहाले स्मरण गर्नुभयो । प्रचण्डले आगामी निर्वाचनको लडाईमा पनि संगीतको भूमिका निर्णायक हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा कलाकार बाबा पाख्रिन लगाएतलाई प्रचण्डले माओवादी प्रवेश गराउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्