मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्र शक्तिशाली बिकल्प हो -अर्थमन्त्री पौडेल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असार २१ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्र शक्तिशाली बिकल्प भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित पर्यटनमा बजेट प्रथमिकता, कार्यान्वयन र उपलब्धी बिषयक कार्यक्रममा पौडेलले मुलुकको समृद्धिका लागि धेरै बिकल्प भएपछि त्यसमध्ये पर्यटन क्षेत्र शक्तिशाली बिकल्प भएको बताउनुभएको हो ।

पर्यटनका सम्भावनालाई कार्यान्वयन गर्न देशभित्रका साथै देशबाहिरको लगानीलाई आमन्त्रण गर्नुपर्ने उहाले बताउनुभयो । पौडेलले पर्यटन क्षेत्रमा राज्यकातर्फबाट मात्रै गर्ने लगानीले नपुग्ने उल्लेख गर्नुभयो । बजेट निर्माण गर्दा पनि लगानी भित्राउने र त्यसका लागि सहज वातावरण बनाउन ध्यान केन्द्रीत गरेको उहाले बताउनुभयो ।

पौडेलले राजनीतिक स्थायीत्व कायम गर्दै मुलुकको बिकास गर्नुपर्ने धारणा राख्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्