यू–१६ इस्ट जोन कपः उपाधि जित्न नेपाललाई १ सय १४ रनको लक्ष्य

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ असार । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि सिंगापुरले नेपाललाई ११४ रनको सामान्य लक्ष्य दिएको छ ।

फाइनलमा नेपालविरुद्ध पहिला ब्याटिङ गरेको सिंगापुर ४० ओभर ५ बलमा ११३ रनमा अलआउट भयो । सिंगापुरका रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए ।

बलिङमा नेपालका अभय यादव र सुशील बहादुर रावलले समान ३र३ विकेट लिए । कप्तान विपिन शर्मा एक र शुभम खनालले २ विकेट लिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्