प्रधानमन्त्री ओली स्वदेश फिर्ता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असार २० । प्रधानमन्त्री केपी ओली स्पेनको भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पने भ्रमणमा गएका प्रधानमन्त्री ओली काठमाडौं उत्रिएका हुन् । उनी स्पेनको मेड्रिडबाट कतारको दोहा हुँदै स्वदेश फर्किएका हुन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए । स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो ।

यस्तै स्पेन सरकारका अध्यक्ष ९प्रधानमन्त्री० पेड्रो साञ्चेजबीच पनि दुईपक्षीय भेटवार्ता भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्