नागरिकता विद्येयकलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ:विमला घिमिरे

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नागरिकता ऐन २०६३ को संशोधन विद्येयकलाई आवश्यक सुधार गरेर पारित गर्न सकिने बताएकी छन ।

महिला कानून र विकास मञ्चले शुक्रबार काठमाण्डौमा आयोजना गरेको नागरिकता ऐन सम्बन्धी अन्तरकृया कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले संविधानले ब्यबस्था गरेका प्रावधानहरुलाई ऐन मार्फत कार्यान्वयन गर्नका लागि विद्येयकमा सुधार गरेर जान सकिने धारणा राखेकी हून ।

संविधानले समानता र न्यायको भावना बोकेकाले नागरिकता ऐन त्यसलाई व्यवहारमा उतार्ने माध्यम हुनुपर्ने उनले बताईन । उनले नागरिकता सम्बन्धी ऐनले ब्यक्तिको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक सहभागिताको ढोका खोल्ने हुँदा बढी संवेदनशील हुन आग्रह पनि गरिन । राष्ट्रिय सभाले एक दृढ, विवेकपूर्ण र मानवीय दृष्टिकोण अपनाउँदै यो विधेयकलाई न्यायोचित रूप दिने दिशामा काम गर्नुपर्ने उनले बताईन।
कार्यक्रममा सहभागीहरुले ऐनमा रहेका केहि बुँदाहरुमा संशोधन गर्नका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्