योगदानमूलक कोषसम्बन्धी विधेयक कोशी प्रदेश सभामा पेश गर्न स्वीकृति

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ असार ।  कोशी प्रदेश सरकारले परिमार्जित योगदानमूलक कोषको व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

बुधवार विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको कोशी मन्त्रिपरिषद् बैठकले उक्त विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको हो ।

योगदानमूलक कोषको व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने अनुमति दिएपछि प्रदेश लोकसेवा आयोगको सिफारिशमा २०७६ साल साउन १ गते यता प्रदेश तथा स्थानीय तहमा नियुक्ति पाएका कर्मचारीहरुलाई उपदान वा निवृत्तिभरण प्राप्त गर्न सहयोग पुग्ने प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले जानकारी दिए ।

यसैगरी बैठकले कोशी प्रदेशको परिमार्जित जनस्वास्थ्य नियमावली स्वीकृत गरेको छ । त्यस्तै प्रदेश तथ्यांक ऐन परिमार्जनका लागि सम्बन्धित समितिमा पठाउने निर्णय भण्डारीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्