आज नेपाल श्रीलङ्कासँग खेल्दै

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, १८ असार । एएफसी महिला एशियन कप २०२६ को छनोटअन्तर्गत दोश्रो खेलमा आज नेपालले श्रीलङ्कासँग खेल्दैछ । खेल उज्वेकिस्तानको तास्केन्तमा रहेको बुनयोदकोर रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ ।

पछिल्लो फिफा वरियतामा नेपाल एक सयौं स्थानमा रहँदा श्रीलङ्का एक सय ५९औं स्थानमा छ । गएको आइतवार भएको आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० गोलको फराकिलो अन्तरले हराएको थियो भने श्रीलङ्का उज्वेकिस्तानसँग १०–० गोलले हारेको थियो ।

समूह ‘एफ’ मा रहेको नेपाल तीन अङ्कसहित तालिकाको दोश्रो स्थानमा छ भने उज्वेकिस्तान शीर्ष स्थानमा छ । लाओस तेश्रो र श्रीलङ्का तालिकाको पुछारमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्