नेप्से दाेहाेराे अंकले वृद्धि, ९२ करोडको कारोबार

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ८ मंसिर । बिहीबार सेयर बजार ०.६० प्रतिशतले बढेको छ। आज सेयर कारोबार मापक नेप्से परिसूचक ११.५६ अंकले वृद्धि भई १९३३.५५ मा पुगेको छ। यस्तै, सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०२ अंकले बढेर ३८०.९२ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्जमा कुल १९० कम्पनीको २५ लाख ६९ हजार २२९ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोड ५१ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ।

कारोबारको आधारमा साइन रेसुंगा बैंकको सात करोड ६२ लाखभन्दा बढीको कारोबार भएको छ। दोस्रोमा हिमालयन डिस्टिलरी र तेस्रोमा एनआइसी एसिया बैंकको कारोबार भएको छ।

आजको कारोबारमा १ उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ। आजको कारोबारमा घलेम्दी हाइड्रोको सेयर भाउ ६.८३ प्रतिशत र आरएमडिसी लघुवित्त वित्तीय संस्था ६ प्रतिशतले बढेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्