कैलालीमा धारिलो हतियार प्रहार गरी ८० वर्षीया वृद्धाको हत्या

खबर बुक
  • ख-
  • ख+

 काठमाडौं, असार १७ । कैलालीमा धारिलो हतियार प्रहार गरी एक वृद्धाको हत्या गरिएको छ। जिल्लाको जानकी गाउँपालिका–९ अमरावतीकी ८० वर्षीया मातादेवी शाहीको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मंगलबार बिहान सवा ८ बजे आफ्नै घरको सुत्ने कोठाको खाटमा उनको शव फेला परेको थियो। शाही घरमा एक्लै बस्दै आएकी थिइन्।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार शाहीको छातीमा धारिलो हतियार प्रहार गरिएको र घाँटीमा समेत चोट लागेको पाइएको छ। अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुरको सहयोग लिइए पनि हत्या कसले गर्‍यो भन्नेबारे अहिलेसम्म ठोस प्रमाण फेला परेको छैन।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्