काठमाण्डौं, १७ असार । नेपाली बजारमा मंगलबार सुनको मूल्य दुई हजार चार सय रूपैयाँले बढेको छ।
सोमबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार चार सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला दुई हजार एक सय ५० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला दुई हजार एक सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।












