सुनचाँदी व्यवसायीको आन्दोलन जारी

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १६ असार । सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरुले सोमबार ललितपुरमा विरोध प्रदर्शन गरेका छन् ।

सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गर्दै उनीहरुले सोमबार ललितपुरको मंगलबजारमा विरोध प्रदर्शन गरेका हुन् ।

त्यसअघि सुनचाँदी व्यवसायीहरु पाटनका बिभिन्न स्थानमा प्रदर्शनसहितको र्याली निकालेका थिए । बजेटमा अव्यवहारिक र अनावश्यक रुपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरुको भनाइ छ ।

सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने समेत उनीहरुले राखेका छन् । सरकारले बजेटमार्फत गरेको व्यवस्था खारेज नभएसम्म आफुहरुका आन्दोलन नरोकिने संघर्ष समितिका संयोजक विपेन्द्र रामुदामुले बताए ।

उनले आन्दोलनमार्फत सरकारलाई घुँडा टेकाएरै छाड्ने दावी गरे । व्यवसायीहरुले सुनमा लगाएतको कोटा प्रणााली खारेज गर्न समेत माग गरेका छन् । उनीहरुले मंगलबार भक्तपुरमा विरोध प्रदर्शन गर्ने जनाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्