रौतहट १ बाट माधव नेपाल ६ हजारभन्दा बढी मतले विजयी

खबर बुक
  • ख-
  • ख+

रौतहट, ८ मंसिर । रौतहट १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनले एमालेका अजयकुमार गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गरे ।

नेपालले ३३ हजार ५ सय २२ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गुप्ताले २६ हजार ९२२ हजार मत ल्याएका छन् ।

अघिल्लाे निर्वाचनमा एमालेबाट काठमाडाैं २ मा विजयी भएका नेपाल नयाँ दल खाेलेर एकीकृत समाजवादीबाट उम्मेदवारी दिई राैतहट १ मा विजयी भएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्