शनिबार पनि संसद बैठकमा रास्वपा र राप्रपाको विरोध

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असार १४ । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाले शनिबार प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन् । शनिबार बैठक सुरु हुनेबितिकै दुई दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद गणेश पराजुलीलाई बोल्न समय दिनुभयो ।

उहाले भिजिट भिसा प्रकरणमा राजनीतिक संलग्नता रहेको बताउनुभयो । आफूहरुले उठाएको भिजिट भिसा प्रकरण मानव तस्करीको बिषय भएकाले उच्चस्तरीय छानविन आयोग गठन हुनुपर्ने उहाले बताउनुभयो । उहाले यस प्रकरणमा गृहमन्त्री रमेश लेखकको भूमिका शंकाको घेरामा आएको आरोप लगाउनुभयो ।

त्यस्तै राप्रपा सांसद रोशन कार्कीले आफुलाई निर्दोष सावित गर्न गृहमन्त्रीले छानविन समिति बनाएको आरोप लगाउनुभयो । उहाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले नै रकम असुली गरेको उल्लेख गर्नुभयो ।

उहाले भिजिट भिसाका सम्बन्धमा आएका विषयमा छानबिनको माग गर्नुभयो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि दुवै दलका सांसदहरु बैठक छाडेर बाहिरिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्