सांसद कार्कीद्धारा गृहमन्त्रीलाई धेरै फुर्ति नदेखाउन चेतावनी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकलाई धेरै फुर्ति नदेखाउन चेतावनी दिएकी छन्। शनिबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएकी हुन्।

सांसद कार्कीले मानव तस्करीको नाममा किन नेपाली जनतालाई लुटेको भन्दै प्रश्न गरिन्। उनले गृहमन्त्रीलाई आफूले सोझो ठानेको भएपनि चम्मु बाठो पाएको जिकिर गरिन्।

कार्कीले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न आफू पनि बच्ने र कमाइ पनि बचाउने गरी छानबिन समिति गठन गरेको आरोप लगाइन्।

गृहमन्त्रीले तत्काल राजीनामा दिनु पर्ने माग गरिन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्