रास्वपा संसदीय दलको बैठक बस्दैँ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दैँछ ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार शनिबार बिहान ९ बजे बस्नेगरी दलको बैठक बोलाइएको हो । 

सो बैठक सङ्घीय संसद् भवनस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।

सो पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक वा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध र बहिस्कार गर्दै आएको छ। उनका अनुसार अबको रणनीतिका बारेमा छलफल हुनेछ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्