निर्धारित समयमा नै पार्टीको महाधिवेशन हुन्छ:देउवा

खबर बुक
  • ख-
  • ख+

चितवन। नेपाली कांग्रेसका सभापति शेर बहादर देउवाले निर्धारित समयमा नै पार्टीको महाधिवेशन हुने बताएका छन ।

बिहीबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति देउवाले निर्धारित समयमा नै महाधिवेशन हुने बताएका हुन । सभापति देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीबिरुद्ध झुटा आरोप लगाउने प्रयास भएको उल्लेख गरे ।

उनले कांग्रेस र एमाले फरक फरक दल भएकाले कतिपय निर्णयमा एकमत नहुनु सामान्य कुरा भएको बताए।

सभापति देउवाले काग्रेसको आग्रह पछि टेक एन्ड पे हटाएको भन्दै यसलाई सामान्य रुपमा लिन आग्रह समेत गरे ।

कांग्रेसकी नेतृ तथा प्रजातन्त्र सेनानी गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा सहभागी हुन सभापति देउवा लगाएतका नेता चितवन पुगेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्