आज देखि सुदूरपश्चिम प्रदेशस्तरीय यू –१९ महिला क्रिकेट शुरु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १२ असार । सुदूरपश्चिम प्रदेशस्तरीय यू–१९ महिला क्रिकेट आज (बिहीबार) शुरु हुँदैछ। प्रदेश खेलकुद परिषद्को आयोजनामा धनगढीको फाप्ला मैदानमा प्रतियोगिता शुरु हुन लागेको हो।

परिषद्का परिषद्का सदस्य–सचिव लोकबहादुर खड्काका अनुसार आठ टिमलाई दुई समूहमा विभाजन गरी टी(२० फरम्याटमा प्रतियोगिता सञ्चालन गरिनेछ । समूह ’ए’मा कैलाली, कञ्चनपुर, अछाम र बझाङ तथा समूह ’बी’मा डडेल्धुरा, बैतडी, डोटी र दार्चुला छन्। उद्घाटन खेल कैलाली र कञ्चनपुरबीच हुनेछ।

प्रतियोगिताको विजेताले नगद दुई लाख तथा उपविजेताले नगद एक लाखसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन्। प्रतियोगितामा तृतीय र चौथो स्थान प्राप्त गर्ने टिमले नगद ५०(५० हजार पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर र बलर लगायत विधागत शीर्षकमा पनि पुरस्कार राखिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्