गाजामा इजरायले गरेको आक्रमणमा ८० जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

युद्धविराम प्रयासबीच इजरायलले गाजामा आक्रमण गरेको छ। अलजजिराका अनुसार आक्रमणमा ८० जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी घाइते भएका छन्।

त्यस्तै इजरायली सेनाले नाब्लसबाट १४ प्यालेस्टिनीहरूलाई पक्राउ गरेको छ, जसमा पत्रकार मुजाहिद तबान्जा पनि छन्। गाजामा युद्धविराम र बन्धक रिहाइका लागि पुनः पहल थालिएको छ।

मध्यस्तकर्ताले युद्धविराम र बन्धक रिहाईका लागि प्रयास तीव्र पारेको हमासका एक वरिष्ठ अधिकारीले जनाएको बीबीसीले जनाएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विषेश दुत स्टीव विटकफले इजरायल र हमासबीचको सम्झौता धेरै नजिक पुगेको बताएका थिए। तर इजरायली अधिकारीले भने वार्तामा कुनै प्रगति नभएको र प्रमुख असहमति अझै कायम रहेको जनाएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्