काठमाडौं, १२ असार । सङ्घीय सांसदअन्तर्गतको आज चार संसदीय समितिको बैठक आज बस्दै छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक बस्न लागेको हो ।
बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।
बिहान साढे ११ बजेका लागि बोलाइएको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा मनसुनजन्य विपद्बाट जनधनको सुरक्षा तथा क्षति न्यूनीकरणका लागि गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सबै सुरक्षा निकायका प्रमुख, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सरोकारवाला निकायहरूसँग छलफल हुनेछ ।
बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुका सम्बन्धमा परेका उजुरीहरू खोल्ने र समितिका सदस्यहरूलाई कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको छ ।
दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।












