काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीको सदस्यता शुल्क र लेवी तिरेका छन्। उनले पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा स्वयम् उपस्थित भई आर्थिक दायित्व पूरा गरेका हुन्।
अध्यक्ष ओलीलाई केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद हस्तान्तरण गरेका थिए।
ओली एमालेको केन्द्रीय सचिवालय बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगेका थिए।












