नेप्से परिसूचक स्थिर , २६ सय अंकमै अड्कियो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार पनि स्थिर देखिएको छ। मंगलबार ०.२२ अंकले घटेको नेप्से बुधबार ०.३३ अंकले घट्दै २६००.२० अंकमा झरेको हो।

लगातार दुई दिन सूचकमा सामान्य मात्र घटबढ देखिएको छ भने कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छैन।

बुधबार कारोबार सुरु हुँदा नेप्से सूचक २६००.५३ अंकमा थियो भने कारोबार समाप्त हुँदासम्म यो ०.३३ अंकले घटेर २६००.२० अंकमा झरेको छ। सूचकसँगै सेन्सेटिभ इन्डेक्समा पनि सामान्य गिरावट देखिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्