काठमाडौं, ११ असार । १ बजे बस्ने तय भएको नेकपा एमालेको सचिवालय बैठकको समय सरेको छ । आज दिउँसो १ बजेका लागि तय भएको बैठक ३ बजेका लागि सारिएको हो ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा बस्ने छ ।
विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा। भिष्म अधिकारीले बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतमा छलफल हुने बताए।
एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरिएको छ ।











