काठमाडौं, ११ असार । नेपाली बजारमा आज छापावाल सुन तोलामा एक हजार ५ सय रुपैयाले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक हजार ५ सय रुपैयाले घटेर १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि उक्त सुन मंगलबार तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको थियो। यस आधारमा अघिल्लो दिनको तुलनामा बुधवार छापावाल सुन तोलामा आव १ हजार ५०० रुपैयाँ घटेको हो।
त्यस्तै चाँदी तोलामा २ हजार १४० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी तोलामा १ हजार २६० रुपैयाँ कायम भएको थियो। यस आधारमा बुधवार चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको महासंघले जनाएको छ ।











