देशभरका ४ सय ६० गाउँपालिका मध्य ४ सय ४५ ले बजेट ल्याए

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ११ असार । हरेक वर्षको असार १० गते स्थानीय तहले कानूनी व्यवस्था अनुसार बजेट ल्याउनु पर्ने हुन्छ । उक्त व्यवस्थाअनुसार मंगलबारसम्म ४सय ४५ गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०८२÷८३ का लागिको बजेट सार्वजनिक गरेका छन् ।

देशभरका ४६० गाउँपालिका मध्ये ४४५ वटा गाउँपालिकाले असार १० गतेभित्र आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट पेश गरेका छन् । जुन ९७ प्रतिशत हो । अन्य १५ गाउँपालिकाको बजेट सार्वजनिक हुन बाँकी रहेको छ ।

महासंघका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले दुई प्रदेशका सबै गाउँपालिकाले आगामी आवका लागि बजेट ल्याएका छन् । जुन कोशी र सुदूरपश्चिम प्रदेशका सबै गाउँपालिका हुन् ।

आगामी आवको बजेट ल्याउन बाँकी रहेका गाउँपालिकाहरूमा मधेश प्रदेशका सबैभन्दा बढी रहेका छन् । मधेश प्रदेशका ५९ वटा गाउँपालिकामध्ये ५० वटाले बजेट ल्याउँदा ९ वटा गाउँपालिकाको बजेट सार्वजनिक हुन सकेन ।

त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका २र२ वटा गाउँपालिका, बागमती र कर्णाली प्रदेशका १र१ गाउँपालिकाको बजेट सार्वजनिक हुन बाँकी रहेको कार्यकारी निर्देशक प्याकुरेलले जानकारी दिए ।

बजेट ल्याउन बाँकी १५ वटा गाउँपालिकाहरूमा सभाको अधिवेशन नै शुरु हुन नसकेको र एउटा गाउँपालिकामा सम्पर्क हुन नसकेको उनले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्