अछाम । मंगलसेन नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२ – ८३ का नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि देखिएको राजनीतिक अभिव्यक्तिले स्थानीय तहमा विवाद चुलिएको छ।
सार्वजनिक सेवा आचारसंहिताविपरीत मानिने गतिविधि कार्यक्रमपछि देखिएको हो, जहाँ राजस्व शाखामा कार्यरत कर्मचारी दिपक खड्काले “लाल सलाम“ दिंदै खुलेआम राजनीतिक शैलीमा अभिव्यक्ति दिएका थिए। सो अभिव्यक्तिको भिडियो अहिले भाइरल बनेको छ, जसमा कर्मचारीले सरकारी पोशाकमै राजनीतिक सन्देश दिइरहेका देखिन्छन्।
यो विषयमा प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डागीले हामीसँगको टेलिफोन संवादमा भनेका छन् — नगर प्रमुख पदम बोहोराले भने आफु पाटिको कार्यक्र पनि सञ्चालन र सम्वोभन गर्ने प्रक्रिया दिएका छन ।
भिडियो सार्वजनिक भएपछि नेपाली कांग्रेस अछामका सह–सचिव दिनेश कुमार स्वाँरले सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन्। उनले लेखेका छनः
“हेलो मेयर साब अनि कार्यालय प्रमुख गेहेन्द्र डागी सर! सातौं अधिवेशनको दोस्रो नगर सभाले कार्यालय हाता भित्र कर्मचारीलाई टिकटक बनाउने अनि सम्बोधन गर्दा लालसलाम भनेर सम्बोधन गर्ने निर्णय पास भय जस्तो छ नि।
कार्यालयमा पार्टीका नेता जस्तो अभिव्यक्ति दिने? कार्यालय कसैको बाउको बिर्ता पनि त होइन। तपाईहरूको दादागिरी र अराजकताको समयमै हिसाब हुने छ।
जनताले पनि हिसाब राखेकै छन्। राजनीति गर्नु छ भने झोले बनेर निस्के भयो। जे जे गरियो राम्रो भएन, तुरुन्त कारबाही गरियोस्, नभए बाहिर कारबाही गर्नेहरू थुप्रै छन्।
ससुरालीले दिएको दान–दक्षिणाबाट तलब खाएको हो भने केही भन्नु छैन। जनताको करबाट तलब खाएर पार्टीको वकालत नगरौं, साथी हो।”
के कर्मचारी तथा प्रमुखहरूले सार्वजनिक पदको मर्यादा उल्लंघन गरेका छन? भन्ने प्रश्न उठेको छ ।












