काठमाण्डौं, १० असार । नेपाली बजारमा आज सुनको १७ सय रुपैयाँले मूल्य घटेको छ।
नपाले सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार भने छापावाल सुन प्रतितोला एक लाख ९५ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य १० रूपैयाँले घटेको छ। आज प्रतितोला दुई हजार एक सय ७० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला दुई हजार एक सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।











