यू –१६ इस्ट जोन क्रिकेट, जापान ८० रनमा अलआउट

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १० असार । एसीसी यू–१६ इस्ट जोन क्रिकेटमा नेपालले जापान ८० रनमा अलआउट भयो ।

टस जितेर पहिला ब्याटिङ गरेको जापान ३४ ओभर ३ बलमा ८० रनमा समेटियो । जापानका कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए । अन्य ब्याटर क्रीजमा टिक्न सकेनन् ।

जापानलाई सस्तोमा समेट्न नेपालका शुभम खनाल एक्लैले ५ विकेट लिए । १० ओभर बलिङ गरेका शुभमले १५ रन दिएर ५ विकेट झारे । अभय यादवले २, सुशील रावल र विपिन प्रसाद शर्माले १–१ विकेटको योगदान दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्