मिथेन ग्यास र फलाम एक वर्ष भित्र उपयोगमा ल्याउने गरि काम गर्न प्रधानमन्त्रीको निर्देशन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा रहेको ग्यास उत्खनन र पूर्वी नवलपरासीको धौवादी फलाम खानीको उत्पादनका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीहरूसँग छलफल गरेका छन्। उनले एक वर्ष भित्र प्रयोगमा ल्याउने गरी छिटो परीक्षण उत्पादन सुरु गर्न निर्देशन दिएका छन् ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न पेट्रोलियम अन्वेषण कार्यको नतिजा र भावी कार्यदिशाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो।

चाइना जियोलोजिकल सर्भेबाट प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार हालको ड्रिल साइटमा ११२।१ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यासको भण्डार देखिएको र अन्य क्षेत्रमा पनि ग्यासको भण्डार रहेको अनुमान गरिएको छ।

प्रधानमन्त्री ओलीले एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी परीक्षण मिथेन ग्यासको उत्पादनमा गम्भीरतापूर्वक लाग्न निर्देशन दिँदै यसका लागि आवश्यक बजेट र सहजीकरणमा सरकारबाट कुनै कमी नहुने स्पष्ट पारे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्