सिङ्गापुरलाई ६ विकेटले हराउँदै नेपालको विजयी शुरुआत

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ८ असार । आजदेखि मलेशियामा शुरु भएको एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ । नेपालले सिङ्गापुरलाई ६ विकेटले हरायो ।

सिङ्गापुरले दिएको १ सय ३९ रनको लक्ष्य नेपालले ३३ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालका प्रसिद्ध जैशीले ५५, रौनक श्रीवास्तवले ४० रन बनाए । सिङ्गापुरका आकाश तेजाले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिङ्गापुर ३६ ओभर १ बलमा १ सय ३८ रनमा अलआउट भयो । सिङ्गापुरका रिआन नैकले सबैभन्दा धेरै ५३ रन बनाए । नेपालका कप्तान विपिनप्रसाद शर्माले ४, सचिन भट्टले ३ विकेट लिए ।

१६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्