आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ८ असार । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ । शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन आज बढेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि समान्य बढेको छ । आज तोलामा २ हजार १६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्