एमाले शिक्षक संगठनको अध्यक्ष पदमा शाही निर्वाचित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ८ असार । नेकपा एमालेको शिक्षकहरूको संस्था नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा हंसबहादुर शाही निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न भएको १४औं राष्ट्रिय सम्मेलनले शाहीको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको हो ।

शाही निवर्तमान महासचिव समेत हुन् । कमिटीको वरिष्ठ उपाध्यक्षमा जंगबहादुर गर्बुजा, उपाध्यक्षमा गोविन्द भण्डारी, महिला उपाध्यक्षमा अम्बिका चापागाईं निर्वाचित भएका छन् ।

यस्तै, संगठनको महासचिवमा प्रकाश खनाल, कोषाध्यक्षमा नरबहादुर रावल, उपमहासचिवमा श्रीराम दाहाल, खुला सचिवमा बामदेव सुवेदी, महिला सचिवमा बेणु काफ्ले निर्वाचित भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्