काठमाडौं, ७ असार । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी बैठक शुरु भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शुरु भएको हो।
आज (शनिबार) मध्यान्हदेखि शुरु भएको बैठकमा सरकारले ल्याएको भूमि सम्बन्धी विधेयकबारे केन्द्रित रहने बताइएको छ।
यस्तै वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक समीक्षा तथा भावी कार्ययोजना लगायतका एजेन्डामा पनि छलफल हुनेछ।












