बाग्मती प्रदेश स्तरिय फुटबल रेफ्री तालिम सुरू

खबर बुक
  • ख-
  • ख+

हेटौंडा, ६ असार । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा मकवानपुरको हेटौडामा साथ दिने रेफ्री तालिम आजबाट सुरु भएको छ।

तालिमको उद्घाटन हेटौडा उपमहानगरपालिकाकी मेयर विनाकुमारी लामाले गरेकि छिन् ।

कार्यक्रममा एन्फा कार्यसमिति सदस्य टिका लामाको पनि उपस्थिति थियो। तालिमको संयोजन बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य अमृत लुम्बाले गरेका हुन् ।

तीन महिलासहित ४१ जना सहभागी रहेको यस तालिममा प्राविधिक पक्षबारे कल्पना शर्मा, सचिन हमातिया र रोजन श्रेष्ठले प्रशिक्षण दिनुहुनेछ भने शारीरिक पक्षको प्रशिक्षण वीरेन्द्रबहादुर पाण्डेले दिनेेछन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्