प्राकृतिक प्रकोपपछिको उद्दार र राहतका लागि तयारी अवस्थामा रहन पार्टीका जनसंगठनलाई प्रचण्डको आग्रह

खबर बुक
  • ख-
  • ख+

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक प्रकोपपछिको उद्दार र राहतका लागि तयारी अवस्थामा रहन पार्टीका जनसंगठनलाई आग्रह गरेका छन ।

शुक्रबार काठमाडौंमा माओवादीको विपद्‌ व्यवस्थापन केन्द्रीय विभागले आयोजना गरेको नेपालमा विपद्को अवस्था र पूर्वतयारीसम्बन्धी अन्तरक्रियामा प्रचण्डले प्राकृतिक प्रकोप हुने धनजनको क्षति न्यूनिकरण गर्न उद्दार र राहतका लागि तयारी अवस्थामा रहन पार्टीका जनसंगठनलाई आग्रह गरेका हुन ।

माओवादी अन्तर्गतको भातृसंगठनहरुले स्वयंसेवक निर्माण गर्नका लागि आवश्यक पहल गर्न समेत उनले निर्देशन दिए ।

बिपद् आउनुअगाडी नै पूर्वतयारी महत्वपूर्ण कुरा भएको भन्दै प्रचण्डले यसमा राष्ट्रिय बिपद् न्यूनिकरण प्राधिकरणले बढि पहल लिन जरुरी रहेको धारणा राखे ।

राष्ट्रिय बिपद् जोखिम न्यूनिकरण प्राधिकरण प्रधानमन्त्री कार्यालय मातहत रहे यसले प्रभावकारी रुपमा काम गर्न सक्ने उनले बताए ।

प्रचण्डले बिपद् न्यूनिकरणका लागि सरकारी, गैरसरकारी, भातृसंगठन सवै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्