डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु,४ जना घाइते

खबर बुक
  • ख-
  • ख+

धनगढी । डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

जिल्लाको आदर्श गाउँपालिका–१ दोबाज स्थित दिपायल मौवा मेल्लेख सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–००१ ज १३९५ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

जिप सडकबाट अन्दाजी दुई सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीले बताए। दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ,भने ४ जना घाइते भएका छन्। मृतक र घाइतेको परिचय नखुलेको र घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारको लागि पठाइएको उनले बताए।

घटना स्थलमा प्रहरी निरीक्षक राजेन्द्र चन्दको कमान्डमा प्रहरी टोली खटिएको छ। घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्