प्रधानमन्त्रीलाई आफ्नो कुरा सुनाउन खोजेपनि बोल्न नदिएकाले सदन बहिष्कार : रास्वपा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफुहरुको आवाज राख्न नदिएकाले सदन बहिष्कार गरिएको जनाएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठक बहिष्कार गरेपछि सञ्चारकर्मीसंग कुरा गर्दै रास्वपा सांसद सोविता गौतमले प्रधानमन्त्रीलाई आफ्नो कुरा सुनाउन खोजेपनि बोल्न नदिएकाले सदन बहिष्कार गरिएको बताइन । उनले प्रधानमन्त्रीसंगको प्रश्नोत्तर कार्यक्रममा आफुहरुको कुनै विरोध रहेको भन्दै आफ्ना कुरा पनि प्रधानमन्त्रीले सुन्नुपर्छ भन्ने तयारीका साथ सदनमा गएको उल्लेख गरिन । सदनमा पनि आफ्ना कुरा राख्न नदिएपछि अव जनतामाझ गएर आफ्ना कुरा राख्ने उनले बताइन ।

उनले सदनमा आफुहरुले लगातार रुपमा राखेका बिषयलाई प्रधानमन्त्रीले नसुन्नुपर्ने कुनै कारण नरहेको जिकिर गरिन।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्