काठमाण्डौं, ६ असार । प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पहुँचको भरमा बजेट विनियोजन भएको बताए ।
उनले प्रधानमन्त्री, मन्त्री र नेताहरूको जिल्लामा अर्बौं बजेट खन्याइएको तर कमजोर सांसदको क्षेत्रमा बजेट नपारिएको भन्दै विरोध प्रकट गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत भएको बजेट विनियोजन पूर्वाग्रही भएको बताएका हुन्।











